२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अब विदेश जाने कामदारलाई राष्ट्रिय परिचयपत्र अनिवार्य

Nada
२०८२ असोज २८ गते ०६:२०
Shares
अब विदेश जाने कामदारलाई राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदार बुधबारदेखि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुनुपर्ने भएको छ । 

ncell

वैदेशिक रोजगार विभागले सबै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरू तथा वैदेशिक रोजगारीमा जाने कामदारका नाममा सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुनुपर्ने बताएको हो ।

विभागले इजाजत प्राप्त अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले हाल प्रयोग गरिरहेको अपरेसन डेस्क एप्लिकेसनलाई अद्यावधिक एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गरेको भन्दै  वैदेशिक रोजगारीमा जाने व्यक्तिको वास्तविक पहिचान हुने व्यवस्था गरिएको बताएको छ ।

विभागले बुधबारदेखि संस्थाहरूले नयाँ ब्याच सञ्चालन गर्दा अपडेटेड डेस्कटप एप्लिकेसन र उक्त एप्लिकेसन सञ्चालनसम्बन्धी म्यानुअल विभागबाट प्राप्त गरी सञ्चालन गर्न सकिने बताएको छ । विभागले त्यसअघि नै वैदेशिक रोजगारमा जान अभिमुखीकरण तालिम लिने व्यक्ति अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुनुपर्ने बताएको छ ।

सम्बन्धित खबर