२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

राइस मिलको जग्गा बिक्री रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

hardik ivf
प्रेमचन्द्र झा
२०८१ फागुन २१ गते २२:५३
राइस मिलको जग्गा बिक्री रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रौतहट : गौर पूर्वनगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राइस मिलको जग्गा बिक्री रोक्न माग गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहेका गुप्ताले बुधबार काठमाडौंस्थित बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राइस मिलको जग्गा बेचबिखन गर्न लागिएको आरोप लगाउँदै उनले जग्गा रोक्का राखी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमार्फत साविक गौर गाविस वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०–४–१५ ,१४० को ०.१६–०,१६३को ४–१०–० र ८०३ को ०.९.० जग्गा रोक्का राख्न माग गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise