२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

हेटौंडा अस्पतालमा मुटु रोग सेवा सुरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १९:५५
हेटौंडा अस्पतालमा मुटु रोग सेवा सुरु

हेटौंडा : हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मुटु रोगसम्बन्धी विशषेज्ञ सेवा सुरु भएको छ ।

मुटु रोगको उपचारका लागि स्वास्थ्य उपकरण उपलब्ध भइसके पनि चिकित्सक नपाउँदा अस्पतालले उपचार सेवा दिन सकेको थिएन ।

शिक्षण अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सरकारले २ वर्षका लागि खटाएपछि उपचार सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेसँगै अस्पतालले मंगलबारदेखि मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा दिन सुरु गरेको हो ।

मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई उन्नत बनाउन विशेष प्राविधिक र जनशक्ति व्यवस्थापनमा जोड दिइरहेको बताए ।

अस्पताल व्यवस्थापन समितिले ३ पटकसम्म र प्रदेश सरकारले १ पटक चिकित्सकका लागि आवेदन खुलाउँदा पनि चिकित्सकहरूले आवेदन नै नदिएको अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

समितिले १ वर्षअघि तेस्रो पटक खुलाएको आवेदनमा माल्दिभ्सका एक चिकित्सकले इच्छा देखाएका थिए । तर त्यो आवेदन रद्द भएपछि अस्पतालले चिकित्सक पाउन सकेको थिएन ।

अस्पतालले ओपीडी, ईको, टीएमटी, हल्टर, एबीपी र इसिजी सेवा प्रदान गर्नेछ । स्वास्थ्य उपकरण र जनशक्ति अभावका कारण मुटु रोग सम्बन्धी शल्यक्रिया भने अस्पतालमा उपलब्ध भने हुने छैन ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालमा कार्डियो सेवा र शल्यक्रियाका लागि क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्ने तयारी पनि गरिरहेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise