२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

मलेसियामा आन्दोलनमा उत्रिएका १३ नेपाली पक्राउ

draupadi film
तिलोचन गौतम
२०८१ चैत ३ गते ०६:१०
मलेसियामा आन्दोलनमा उत्रिएका १३ नेपाली पक्राउ

क्वालालम्पुर : मलेसियाको पेराकमा सडक दुर्घटनामा सहकर्मीको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका १३ जना नेपाली पक्राउ परेका छन् । शुक्रबार राति गाडीको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै १ हजारभन्दा बढी नेपाली श्रमिक सडकमा आएको बताइएको छ ।

नेपालीले केही समय सडक नै जाम गरेका थिए । मलेसिया प्रहरीले दंगा भड्काउने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । नेपाली कामदारलाई ठक्कर दिएको सवारी साधन भागेको र त्यस विषयमा अनुसन्धान भइरहेको मलेसियाको प्रहरीले बताएको छ । 

मलेसियाको कानुनअनुसार विदेशी कामदारले आन्दोलन गर्न पाउँदैनन् । त्यस्ता कुनै कार्य गरेको पाइएमा वा संलग्न भएको पाइएमा कानुनअनुसार कडा कारबाही हुने प्रावधान छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise