काठमाडौं : ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रीले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रूपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि कम्पनीले ब्याट्री व्यवस्थापन कार्यलाई अगाडि बढाएको हो ।
सो पहलको एक भागको रूपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आईटी एसर्स पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनीसँग सम्झौता गरेको छ ।
२८ मे २०२४ मा औपचारिक रूपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रूपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।