२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

नेप्से परिसूचक ४१ अंकले बढ्यो

Nada
२०८१ चैत १४ गते १५:५८
Shares
नेप्से परिसूचक ४१ अंकले बढ्यो

काठमाडौंः यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अंकले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।

ncell

आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव ३०, होटल तथा पर्यटन शून्य दशमलव ४४, जलविद्युत् एक दशमलव शून्य नौ र लगानी समूह दुई दशमलव २० प्रतिशतले बढेको छ ।

त्यस्तै जीवन बिमा एक दशमलव ७१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, लघुवित्त दुई दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ८५ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य एक दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ ।

ताजा खबर

सम्बन्धित खबर