२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

इद पर्व र वैज्ञानिक आधार

draupadi film
२०८१ चैत १८ गते ०६:००
इद पर्व र वैज्ञानिक आधार

–मोहम्मद जाकिर हुसैन

इदको चन्द्रमा उदाउने विषयमा विभिन्न हदीसको आशय बुझ्न यस संक्षिप्त विश्लेषणले सहयोग पु¥याउने छ । कइदको चन्द्रमा देखिने वा नदेखिने विषयमा इस्लामीशास्त्र (हदीस र फिक्ह)मा स्पष्ट निर्देशनहरू छन् । इस्लाममा नयाँ महिना (चन्द्र महिना) चन्द्रमा देखेर (हिलाल देखेर) निर्धारण गरिन्छ ।

केही हदीसहरू

(१) चन्द्रमा देखेर सौम (उपवास) सुरु गर्नु र इद मनाउनु : हदीस : अबू हुरैरा (रजी.) को वृत्तान्तअनुसार अल्लाहका रसूल मुहम्मद (सल्ल.)ले भन्नुभयो, ‘चन्द्रमा हेरेर सौम (रोजा) सुरु गर र चन्द्रमा हेरेर सौम समाप्त गर । यदि बादल लागेर चन्द्रमा देखिएन भने ३० दिन पूरा गर ।’ (सहीह् अल–बुखारी, सहीह् मुस्लिम)

चन्द्रमा देखिएको आधारमा निर्णय गर्ने  ः हदीस : इब्न उमर (रजी.)को वृत्तान्तअनुसार मुहम्मद (सल्ल.)ले भन्नुभयो, ‘चन्द्रमा देखेपछि व्रत (सौम) राख र जब चन्द्रमा देख्छौ तब सौम (व्रत) तोड (इद मनाऊ) । यदि चन्द्रमा देख्न कठिन भयो भने ३० दिन पूरा गर ।’ (सहीह् बुखारी, सहीह् मुस्लिम)

इस्लामी फिक्हमा भएको व्यवस्था : (१) इस्लामी फिक्हअनुसार इद वा रमजानको सुरुवात प्रत्यक्ष चन्द्रमा देखेर नै निर्धारण गरिन्छ । वैज्ञानिक गणना सहायक हुन सक्छ तर अन्तिम निर्णय प्रत्यक्ष चन्द्र दर्शनकै आधारमा हुने छ । यदि कुनै ठाउँमा चन्द्रमा देखियो भने के सबैले मनाउनुपर्छ ? यस विषयमा फिक्ही (विधिशास्त्रीय) मतहरू फरक छन् ।

१. हनफी ममन्यता : यदि कुनै इस्लामी देशमा चन्द्रमा देखियो भने त्यो सबै इस्लामी मुलुकका लागि मान्य हुन सक्छ । २.. शाफई र हम्बली मान्यता : प्रत्येक क्षेत्र (देश)को आफ्नो चन्द्र दर्शन मान्य हुन सक्छ ।

निष्कर्षमा, इद वा रमजान चन्द्रमा देखेर नै निर्धारण गरिन्छ । यदि चन्द्रमा प्रत्यक्ष रूपमा नदेखिएमा ३० दिन पूरा गर्नुपर्छ । यदि कुनै ठाउँमा चन्द्रमा देखियो भने त्यसको समाचार इस्लामी नियमअनुसार प्रमाणित भएपछि मात्र मान्य हुन्छ । वैज्ञानिक गणना सहायक हुन सक्छ तर अन्तिम निर्णय प्रत्यक्ष चन्द्र दर्शनकै आधारमा गरिन्छ ।

प्रयोगमा आधारित विज्ञान

चन्द्रमा पृथ्वीको वरिपरि परिक्रमा गर्ने भएकाले पृथ्वीका भिन्न–भिन्न स्थानहरूमा चन्द्रमा उदाउने समय फरक हुन्छ । पृथ्वीको परिधि लगभग ४० हजार ७५ किलोमिटर छ र पृथ्वी २४ घण्टामा एक पटक घुम्छ । चन्द्रमा पृथ्वीको आकाशमा एकै समयमा सबै ठाउँमा देखिँदैन तर यो अधिकतम १२ घण्टाभित्र पृथ्वीका सबै भौगोलिक क्षेत्रहरूमा उदाइसक्छ ।

मुख्य कारणहरू :

पृथ्वीको घुम्ने गति : पृथ्वी आफ्नै कक्षमा घुम्ने भएकाले विभिन्न स्थानमा चन्द्रमा देखिने समय फरक पर्छ ।

समय क्षेत्रहरू :  विभिन्न देश र भू–भागहरूको समय क्षेत्रका कारण चन्द्रमा उदाउने समय फरक हुन्छ ।

अक्षांश र देशान्तर प्रभाव : चन्द्रमा देखिने समय भूगोलअनुसार फरक हुन्छ ।

निष्कर्ष

यदि चन्द्रमा एक स्थानमा उदायो भने त्यो अधिकतम १२ घण्टाभित्र सबै भूगोलमा उदाइसक्छ । विज्ञानले प्रयोगद्वारा पत्ता लगाएको यस निष्कर्षलाई मान्ने हो भने विश्वको कुनै कुनामा आज चन्द्रमा उदाइसक्यो भने नउदाएका क्षेत्रहरूमा आउने १२ घण्टाभित्र अनिवार्य रूपमा उदाइसक्छ । यस जगलाई टेकेर भोलिपल्ट विश्वका बाँकी भागमा इद मनाइनुपर्छ । 

यदि १० दिनसम्म मौसमको गडबडीले चन्द्रमा देखिएन भने अझ १० दिन इदका लागि कुर्नुपर्दैन । चन्द्रमा नदेखिए पनि ३० रोजा पूरा भएको भोलिपल्ट इद मनाउनुपर्छ । इदका दिन सौम (व्रत) सही होइन ।

(लेखक पूर्वमन्त्री हुन् ।)

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise