२०८१ चैत २५ गते सोमवार / Apr 07 , 2025 , Monday
२०८१ चैत २५ गते सोमवार
Ads

सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु

draupadi film
मध्यान्ह
२०८१ चैत २५ गते १३:०३
सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु

काठमाडौंः सरोकारवालाहरुले सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गरेका हुन् । उनीहरुले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् ।

हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक (गाइड) दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गरे । शेर्पाले धेरै मानिसहरु हिमाल अरोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गरे।

हिमाल आरोहणका लागि मौसम सधैँ अनुकुल नहुँदा कहिले काहीँ एकैदिन भार पर्ने कुरालाई मात्रै हेरेर ‘हिमालले अब धान्दैन’ भनी गलत प्रचार नगर्न आग्रह गरे । उनले आरोही बढेर नभइ विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा रहेको दाबी गरे । उनले क्षणिक सुख र अर्थोपार्जनको लोभमा प्रकृति र संस्कृतिको विनाश भइरहदा पर्वतीय र सांस्कृतिक पर्यटक आवागमनमा कमि आएको बताए ।

उनले भने, ‘क्लाइमेटको कुरा गर्दैगर्दा के साँच्चिकै पपुलेसनले गर्दा यो भइरहेको छ की विभिन्न गतिविधिले गरिरहेको छ भन्ने हामी आजको दिनबाट सरकारले र हामी व्यक्तिहरुले सुरु गर्नु जरुरी छ । हामीसँग च्यालेन्ज छ, क्लाइमेट चेन्जले च्यालेन्ज भयो भन्दै गर्दा के हामीले यो लग्जरीपन अलिकति घटाउन सकिँदैन ? एभरेष्ट बेसक्याम्पमा धेरै जना मान्छे उपस्थित भएर हिउँ बिलय भएको हो ? वा उसलाई सुविधा दिनको लागि कफी मेसिनदेखि लग्जरी सोफा लगेर आइस बनेर त्यो हिउँ विलय भएको हो ? यसमा अध्ययन गर्न जरुरी छ । धेरै मानिसहरु भएर अब यो हिमालले थेग्न सकेन भनेर एउटा अदालतले पनि साहित्यिक रुपमा एउटा आर्टिकल न्युज लेख्नुभएको थियो । सगरमाथाले अब मान्छे थेग्न सक्दिन कम गर्नुपर्छ भनेर । हामीले त्यो एक दिनको ट्राफिकलाई हेरेर निर्णय गर्नु हुँदैन । अरु क्षेत्रमा हजारौँ संख्यामा हुँदा जलवायु परिवर्तनमा असर नगर्ने त्यहाँ गर्ने भन्ने हुँदैन । मान्छे धेरै भएर नै त्यो स्थिति भएको हो त रु होइन, वेदर विन्डोले गर्दा हो ।’

जलवायु विज्ञ पपुलर जेन्टलले जलवायु न्यायको मुद्दा विश्वव्यापी रुपमा पेचिलो बन्दै गएकाले त्यससम्बन्धमा राष्ट्रको आफ्नै रणनीति हुनुपर्नेमा जोड दिए । उनले हिमाल संरक्षण र जलवायु अनुकुलनका कार्यक्रममा दात्तृ निकायको मात्रै भर पर्न नहुनेमा पनि जोड दिए । युएनफसिसिसिमा माउण्टेनको विषयमा चर्चा हुने गरेको भएपनि मुल मुद्दा बन्न नसकेको उल्लेख गर्दे मुल मुद्दा नबनेसम्म यसमा अन्तर्राष्टिय लगानी बढ्न नसक्ने तर्क गरे ।

उनले भने ‘हाम्रो माउण्टेन रिजनले नेपाललाई मात्रै होइन विश्वलाई सेवा दिइरहेको छ । माउण्टेनमा मात्रै नभई तल्लो तटिय क्षेत्रमा बस्नेलाई पनि स्वच्छ पानी दिइरहेको छ । माउण्टेनले एयर कुलिङको काम गरिरहेको छ । माउण्टेन रिजनले प्रोभाईड गरेको ग्लोवल सर्भिसहरु थ्रेटमा छ अहिले जलवायु परिवर्तन, प्रदुषण जस्ता वातावरणणीय संकटले गर्दा । हाम्रो आफ्नो क्षमताले मात्रै यस क्षेत्रमा काम गर्न सक्दैनौँ । त्यसैले यो ग्लोबल एजेण्डा बन्नुपर्छ । माउण्टेनको एजेण्डालाई युएनएफसिसिसिको मुल एजेण्डा कहिले पनि बन्न सकेको छैन । सधैँ पेरिफेरिमा छ । जब माउण्टेनको एजेण्डा युएनएफसिसिसिको कोर बिजनेस बन्छ तब यसमा इन्भेस्टमेण्ट हुन्छ ।’

इसिमोड प्रमुख पेमा ग्यामात्सोले सांस्कृतिक र धार्मिक रुपमा पनि माउण्टेनको निकै ठूलो महत्व रहेको उल्लेख गर्दे उनले हिमालको संरक्षणमा सबैले योगदान दिनुपर्ने उल्लेख गरे। उनले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनःमूल्यांकन गर्नुपर्नेमा जोड दिए । मानव विकासको सबै चरणमा आवश्यक कुरालाई अहिलेसम्म हिमालले दिँदै आएकाले अब मानव समुदायले हिमाल संरक्षणमा योगदान पुर्‍याउन आवश्यक रहेको बताए । 

पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनका असर कम गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायको मात्रै मुख ताक्ने नभइ आफ्नो ठाउँबाट सबैले भुमिका खेल्नुपर्नेमा जोड दिए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम भएको मुलुक रहेको भन्दै त्यसको असर न्युनीकरणका लागि नेपालले लगानी बढाउन जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्नेमा जोड दिए ।   

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise