२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

राजावादी राजनीति :एजेन्डाको मालिक बन्ने लडाईँले भाँडभैलो 

draupadi film
जीवन शर्मा
२०८२ वैशाख ७ गते ०७:०६
राजावादी राजनीति :एजेन्डाको मालिक बन्ने लडाईँले भाँडभैलो 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित राजसंस्थाका पक्षमा लागेका विभिन्न राजनीतिक घटकबीच हिन्दुु राज्य र राजसंस्थाको एजेन्डाको मालिक को बन्ने भन्ने लडाईँले भाँडभौलो मच्चिएको छ । राप्रपाले सुरुदेखिनै उठाउँदै आएको हिन्दुुराज्यसहित राजसंस्थाको एजेन्डालाई पछिल्लो समय बाहिरियाबाट हडप्ने र राप्रपालाई छाँयाँमा पार्ने अवस्था आएपछि यो विषय गम्भीर बनेको हो । 

गत ४ चैतमा पूर्वपञ्च नवराज सुवेदी र मेडिकल माफिया दुुर्गाप्रसाईँसहितका व्यक्तिहरू मिलेर हिन्दुु राष्ट्र र राजसंस्था पूनःस्थापनाको एजेन्डालाई शसक्त बनाउदै तेस्रो जनआन्दोलनको समेत परिकल्पना गरेका थिए । सोहीअनुसार १५ चैत्रमा पहिलो पटक सडक आन्दोलनमा निस्कीएको उक्त समुहको प्रदर्शन पूर्णरूपमा हिंसात्मक बनेपछि स्थिति थप गम्भीर भएको राप्रपाका नेताहरूको भनाई छ । राप्रपाको राजनीतिक एजेन्डालाई अरू अभियान्ताहरूले सहयोग गरेर जानुुपर्ने राप्रपाको दाबी छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले भने ‘राजासहितको हिन्दुु राज्य राप्रपाको राजनीतिक एजेन्डा हो । यसलाई अरू विभिन्न शक्तिले साथ समर्थन गर्नुपर्छ, त्यसलाई हामी स्वागत गर्छौ ।’ 

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनले २ युवाको ज्यान लियो भने व्यक्तिगत सम्पत्ति नष्ट हुनुुकासाथै दर्जनौं घरहरू आंशिक र पूर्ण क्षति भए । सो घटनापछि राजावादीहरूको राजनीतिक अभियानले नै नकारात्मक मोड लिन पुुगेको राप्रपाका नेताहरूले स्वीकार गरेका छन् । उक्त घटनामा पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राण समेत १५ चैत देखि हिराशतमा छन् । पार्टीले बैठकले समान विचार र एजेन्डा भएका पार्टी,संस्था तथा अभियानलाई समर्थन गर्ने तर आफै सहभागि नहुुने निर्णय गरेको थियो । पार्टीको निर्णय विपरित नेताहरू अभियानमा संलग्न भएर नकारात्मक परिणाम आएपछि ती नेताहरू समेत कारबाहीको ‘रेडलिष्ट’मा परेका छन् । राप्रपाले उनिहरूलाई कारबाही गर्न सक्ने एक पदाधिकारीले बताए । यही विषयलाई लिएर ४ वैशाखमा भएको पार्टीको कार्यसम्पादन समितिको बैठकले समान विचारधारा भएपनि पार्टीभन्दा बाहिरका समूह वा अभियानको कार्यसमितिमा रहेर नेताहरूले कार्य गरेको पाइए स्वतः पदमा नरहने निर्णय दोहो¥याएको छ । सोही निर्णय गत पुस ५ र ६ गतेको बैठकले समेत गरेको थियो । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा ‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने’ भनिएको छ ।

राप्रपाको यो निर्णय कार्यान्वयन भएको खण्डमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मा सक्रियतापूर्वक लागेका पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणा, पार्टी निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पार्टी उपाध्यक्ष रवीन्द्र मिश्र, पार्टी महामन्त्री डा. धवलशमशेर राणाको पद जाने पक्का छ । उनिहरूलाई पार्टीले पुरानो निर्णय स्मरण गराउँदै ४ वैशाखको निर्णयले सचेत गराएको छ ।

पार्टीको यस्तो निर्णपछि राप्रपा समेत आन्तरिक द्वन्द्वको चपेटामा परेको छ । विवादीत निर्णय गरेको भन्दै पशुपतिशमशेर, प्रकाचन्द्र, रविन्द्र र धवलशमशेर पक्षका कार्यकर्ताले विरोध जनाएका छन् । तर राप्रपाका केन्द्रिय सदस्य हिकमतजंग कार्कीले पार्टी कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय कार्यान्वयन हुने बताए । उनले भने ‘पार्टीले गरेको निर्णय कार्यान्वयन हुने कुरा स्वभाविक हो । तर, गत १५ चैतमा भएको घटनामा जोडिएर पक्राउ परेका नेताहरूको विषय फरक छ । आधिकारीकरूपमा उहाँहरू कुुनै त्यस्तो संगठनमा जिम्मेवारीमा रहेको देखिदैन । उजूरी प¥यो भने वा नेताहरू त्यस्ता अभियान वा संगठनमा बसेको पुष्टि भएको खण्डमा पार्टीको छानविन गर्ने निकाय छ त्यसले आवश्यक छानविन गरेर अद्धिघ बढ्छौं ।’ अहिले बाहिर आएका कुरालाई आधिकारीकता मान्न नसकिने उनले बताए । कार्कीले यसो भनिरहँदा ती नेताहरू नवराज सुवेदीको समितिको बैठकमै बसेका तस्वीहरू सार्वजनीक छन् । सोही समितिमा राखिएका पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूूलाई नसोधी राखिएको भन्दै तत्काल वक्तव्य जारी गरेका थिए । तर, मिश्र, लोहनी, धवल र पशुपतिशमशेरले पत्रकार सम्मेलन नै गरेर नवराज सुवेदी नेतृत्वको अभियानलाई साथ दिएर जाने जवाफ दिएका थिए ।      

अध्यक्ष राजेनद्र लिङ्देनले पार्टी भित्र आफ्नो पकड बलियो बनाउन पार्टीका केही नेताहरुलाई हटाई केहीलाई तर्साउने र केहीलाई फकाउने योजना बनाएको कतिपयले टिप्पणी गरेका छन् ।  संवैधानिक राजतन्त्र, हिन्दुराज्य र संघीयता विरोधी शक्तिको रुपमा संसदमा आफू नेतृत्वको राप्रपाको उपस्थिति बलियो हुँदा हुँदै पूर्वराजा ज्ञानेन्द्र शाहले “डेट एक्पायर“ पूर्वपञ्च नेता नवराज सुवेदीलाई गणतन्त्रविरोधी आन्दोलनको जिम्मेवारी दिएपछि राप्रपाका नेताहरू पूर्वराजा शाहसँग चिढिएका छन् ।

यद्यपि राजसंस्था पुनस्र्थापनाको एजेन्डालाई पार्टीको तर्फबाट अभियानहरू गर्दै आएको राप्रपाले गत २६ चैतमा राजधानीमा प्रदर्शन गरेको थियो भने (आज) ७ वैशाखमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने र आगामी दिनमा आन्दोलनलाई थप सशक्त बनाउन सो पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । 
बक्स
पूर्वराजासँग ७ नेताको ‘लन्च मिटिङ’
यसैबीच राजावादी एक बनाउँने सन्देश दिनका लागी पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ नेतासँग ‘लन्च मिटिङ’ गरेका छन । शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर सँगै खान खाएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पुष्टि गरे । ‘यस्ता मिटिङहरू बेलाबखत भइरहन्छन’, उनले भने‘ शुुक्रबार पनि हामीलाई निर्मलनिवास बोलाइएको थियो । त्यहाँ अरू कुरा खासै भएन लन्च गरेर केहीबेलामा निस्कीयौं ।’ 

राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मलनिवास गएका थिए ।

पूर्वराजासँगको भेटमा खानपिन बाहेक छलफल भएका विषयहरू अहिले सार्वजनीक गर्नुपर्ने खालका नभएको भन्दै उनले बोल्न चाहेनन् । तर, करिव डेढघण्टा बसाइकाक्रममा पूर्वराजा शाहले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो गरेको बताईएको छ ।

पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुलाई राप्रपाका नेताहरूले नियमित हुने घटनाकारूपमा अथ्र्याएका छन् । 

एजेन्डामा एक देखिएका शक्तिबीच आन्दोलनमा समेत एकताबद्ध हुन सकेको खण्डमा गणतन्त्रविरुद्ध जनमत बढ्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा रहेको श्रोतको दाबी छ । तीनकुने घटनाको विषयले पनि छलफलमा चर्चा पाएको बताइएको छ ।

७ फागुनमा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेका पूर्वराजा शाहले राप्रपाका नेतालाई बोलाएर गरेको छलफलपछि तीतर वितर भएका राजावादीहरू पूनः एक हुनसक्ने सन्देश दिएको भन्दै राजनीतिकबृत्तमा यसलाई महत्वकासाथ हेरिएको छ । राजावादीहरूको पछिल्लो राजनीतिक मुुभमेन्ट र पूर्वराजा शाहको गतिविधिलाई लिएर राजनीतिक तरंग उत्पन्न भएको छ । गणतन्त्रवादी दलहरू एक भएर राजावादीहरूको गतिविधिका विरुद्ध खवरदारी गरिरहेका छन् ।   
 

ADV

सम्बन्धित खबर

Advertise