२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट ४ करोड घट्यो

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २२ गते २०:२५
कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट ४ करोड घट्यो

अर्घाखाँची : देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुँदा किसानहरु भने ठूलो मर्कामा पर्ने भएका छन् ।

प्रदेश सरकारको सिलिङमा अर्थ मन्त्रालयले नयाँ दिने  बजेट कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम तथा सुविधा समेत कटौती हुने अवस्था आएको लुम्बिनी प्रदेश कृषि मन्त्री भण्डारिलाल अहिरले बताए  । 

त्यस्तै जिल्लाहरुमा जाने बजेट १५ देखि २० प्रतिशत कटौती हुने मन्त्रालयका सचिव नम्रता सिंहले जानकारी दिइन् । यता कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट गत आर्थिक वर्षको भन्दा १५ प्रतिशत कमी हुने भएको छ । २०८०/०८१ मा ४ करोड ७१ लाख रहेकोमा यस आर्थिक वर्ष २०८१/०८२ को लागि घटेर ३ करोड ९८ लाखको बजेट प्रस्तावित भएको र यसले  गर्दा विगतका चालू योजनाहरु सम्पन्न गर्न समस्या हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए । 

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले सन्धिखर्कमा गरेको जिल्लाका ६ वटा स्थानीय तहमा खटिएर काम गरिरहेका कृषि प्राविधिकसँगको अन्तक्रिया गोष्ठी  कार्यक्रममा  बोल्दै  घिमिरेले सिलिङ घटेपनि जनताको काम प्राविधिकले गर्ने धेरै हुने भएकोले पनि किसानको खेतबारीमा पुगेर मुस्कानसहितको सेवा दिन प्राविधिकहरुलाई आग्रह गरेका छन् । 

घिमिरेले भने, ‘बजेट क्रमशःघट्दै जान्छ  कृषकका समस्या बढ्दै जान्छन् । कसरी किसानका समस्या समाधान गर्ने भन्ने विषयमा कर्मचारीहरु गम्भीर हुन जरुरी छ । सोही अनुसार काम गर्नुस् ।’

घिमिरेका अनुसार  कृषकका माग जुन छन् ती  कार्यक्रम प्रभावित हुने शंका छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँची  जिल्ला भरका किसानहरुको समस्या समधान गर्ने जिल्लाको तालुकी अड्डा हो । ज्ञान केन्द्रबाट साना सिँचाइसहित कृषि विकास कार्यक्रम, पि.वि.एस बीउ, आलु वितरण, बालिवस्तु विशेष सघन व्यवसायिक उत्पादन  क्षेत्र कार्यक्रम, लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम,मौरी गोला तथा घार वितरण, कार्यक्रम माटो व्यवस्थापन,फलफुल बिरुवा वितरण, कृषि सञ्जाल गठन लगायतका कार्यक्रमहरु यस वर्ष  समावेश गरिएको कार्यालय प्रमुख घिमिरेले दावी गरे । 

ज्ञानकेन्द्र अर्घाखाँचीले यतिबेला अनुगमन निरीक्षणको कामलाई तिव्र पारेको छ । जिल्लाभर कृषि विकास अन्तर्गत भइरहेका विकास निर्माण कामहरुलाई समयमा सम्पन्न गराउन गुणस्तरीय गराउनका लागि कार्यालय प्रमुख घिमिरेसहितका अधिकारीहरु अनुगमनमा व्यस्त छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise