२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

इन्ड्राइभद्वारा ‘दी बेटर ड्राइभ इनिसिएटिभ’ कार्यक्रम सम्पन्न

मध्यान्ह
२०८२ वैशाख १२ गते २०:२८
इन्ड्राइभद्वारा ‘दी बेटर ड्राइभ इनिसिएटिभ’ कार्यक्रम सम्पन्न

काठमाडौं : इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘दि बेटर ड्राइभ इनिसिएटिभ मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण, साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व जस्ता महत्वपूर्ण विषयहरूमा कार्यशाला गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सिप र मनोबल प्रदान गर्नु थियो । कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेसन दिइएको थियो ।

इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण, र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ । ‘दी बेटर ड्राइभ इनिसिएटिभ’ यही प्रतिबद्धताको अभिव्यक्ति हो, जसले चालकहरूलाई आत्मविश्वासी, सचेत र सेवामुखी बनाउने दिशामा महत्वपूर्ण कदम चाल्ने बताइएको छ । कार्यक्रममा चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पुर्‍याउने विषयवस्तुहरू समेटिएका थिए ।

कार्यक्रममा सडक सुरक्षा र ट्राफिक नियमका विषयमा प्रस्तुतीकरण प्रदान भएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्त रूपमा प्रस्तुत गरिएको थियो ।

ADV

सम्बन्धित खबर