२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रहेर काम गर्न आग्रह

ADV
ओमप्रकाश यादव
२०८१ जेठ २२ गते २१:१०
सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रहेर काम गर्न आग्रह

रौतहट : रौतहट गढिमाई नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजना तथा गढीमाई नगरपालिका कार्यालयको सहकार्यमा नगरपालिका कार्यालयको सभाकक्षमा मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय स्थानीय तहहरुमा मौलाएको भ्रष्टाचार नियन्त्रण तथा पारदर्शीता एवं सुशासन कायम गराउने उद्देश्यले पालिकास्तरीय उक्त कार्यक्रमको आयोजना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गराउने प्रमुख दायित्व कर्मचारी र जनप्रतिनिधिहरुको रहेकोले सबै कर्मचारी तथा जनप्रतिनिधिले सुशासन कायम गर्ने, गराउने तर्फ लाग्नुपर्ने बताएका छन् । 

स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउँदै सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भइ नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने मेयर यादवले बताए । 

भ्रष्टाचारले मानिसको इज्जत, मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले यसमा सबैले सजग र सतर्क हुनुपर्ने उनले बताए । भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरु जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने समेत उनले बताए । कार्यक्रममा सहभागीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए । 

सहभागीहरुबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सिनियर डिभिजनल इन्जिनियर सुरेन्द्र घिमिरेले दिएका थिए । 

त्यस्तै आयोगका प्रहरी नायव उपरीक्षक (डिएसपी) होम बहादुर पराजुली, प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवनबाबु खड्का र इन्जिनियर रोशन बुढाथोकीले पालैपालो विषयवस्तु उपर प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रममा प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शीता कसरी कायम गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए । भ्रष्टाचार हुन नदिन के–के कुरामा ध्यान दिनुपर्ने, सुशासन कसरी कायम गराउने लगायत विषयमा डिएसपी पराजुलीले सहभागीहरुलाई जानकारी गराएका थिए ।  

कार्यक्रममा भ्रष्टाचारको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचारमा दोषी ठहरिँदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टाचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल गरिएको थियो । 

एक दिवसीय आयोजित अन्तरक्रिया कार्यक्रममा गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादवसहित सम्पूर्ण कर्मचारी,  विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारहरु लगायत अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise