२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

६ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुधार गर्छौं : झा

Nada
२०८३ कार्तिक ७ गते १८:१२
Shares
६ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुधार गर्छौं : झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताएका छन् । 

ncell

अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा सुधार गरी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने बताएका हुन् ।

जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उनले बताए । अस्पतालमा करिब २२ करोड रुपैयाँ कोषमा रहेको उल्लेख गर्दै उनले उक्त रकम पूर्वाधार स्तरोन्नति र सेवा विस्तारमा उपयोग गर्ने बताए ।

उनले अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको कार्यशैलाई सुधार गर्न आवश्यक रहेको बताए । अस्पतालको सुधारमा कर्मचारीबाट असहयोग भएमा कारबाही गर्ने उनको भनाइ छ । काम नगरी तलब लिने वा अस्पतालको जिम्मेवारीमा रहेर अन्यत्र निजी व्यवसाय सञ्चालन गर्ने कर्मचारीमाथि कारबाही गर्ने उनले बताए ।

विगतमा केही कर्मचारीले अस्पतालबाट तलव लिएर बाहिर औषधि पसलमा समय बिताउने गरेको उनको भनाइ छ । त्यस्तै, गार्डेनरको तलब मासिक ७५ हजार रुपैयाँ रहेको तर अस्पताल परिसर व्यवस्थित नभई झाडीमा परिणत भएको उनले बताए । उनले अस्पतालमा प्राविधिक जनशक्ति थप्ने र कर्मचारीको अनुपात मिलाउने बताए ।

ताजा खबर

सम्बन्धित खबर