सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : सहयात्री नेपाल रामपुर पाल्पाले सोमबार १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् । नगर उपप्रमुख आचार्यले हिंसामा परेका महिला अझैपनि घरभित्रै हिंसा दबाएर बस्न बाध्य रहेको बताउँदै महिला पुरुषले गर्ने काम समान तर ज्यालामा अझैपनि महिलालाई असमान गरिएको हुँदा काम र ज्याला दुबैको समान हुनुपर्ने बताइन् ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जुन महिला पीडित छन् उसलाई नारी दिवसको सन्दर्भमा कुनै जानकारी नभएको बताउँदै महिलालाई शिक्षा, स्वास्थ्य रोजगार दिन सकियो भने यसले महिला शक्तिशाली बन्ने बताए ।
कार्यक्रमको अवसरमा सुमन खाम्चा मगर र सीता ढकाललाई सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, समृद्धि महिला समाज नेपाल रामपुरका अध्यक्ष सावित्रा गैह्रे, सम्मानित महिला सुमन खाम्चा मगर, पत्रकार रमा भण्डारी लगायतले आफ्ना भनाई राखेका थिए । संस्थाका उपाध्यक्ष सरस्वति भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव बन्दना पोखरेलले गरेकी थिइन । सहभागीलाई धन्यवाद संस्थाका सल्लाहकार दुर्गादेवी रानाले दिएकी थिइन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies