२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

पत्रकारलाई एआई सम्बन्धी प्रशिक्षण

shivam cement
मध्यान्ह
२०८२ जेठ १७ गते २०:४७
पत्रकारलाई एआई सम्बन्धी प्रशिक्षण

पोखरा : अध्ययन अवलोकन भ्रमणका क्रममा कास्की पुगेका पाल्पाका पत्रकारहरूलाई पोखरामै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको समन्वय र रामपुर नगरपालिकाको आयोजनामा सम्पन्न तालिममा झन्डै ३० जना पत्रकार सहभागी थिए । 

मिडियामा एआइका अभ्यासकर्ता तथा अध्यता जीवन भण्डारीले पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोग, सम्भावना, चुनौती र सावधानीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिए । उनले समाचार लेखन, अनुसन्धान र सामग्री उत्पादनमा प्रयोग गर्न सकिने विभिन्न एआई टुल्सको प्रयोगसम्बन्धी व्यावहारिक अभ्याससमेत गराए । 

कार्यक्रममा अर्का सञ्चारकर्मी भरत कोइरालाले वर्तमान सञ्चार परिदृश्य र प्रविधि प्रयोगसँग सम्बन्धित चुनौतीबारे जानकारी गराए । 

तालिममा सहभागी पत्रकार इमानसिंह रानाले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिँदै भने, ‘एआईका टुल्सहरू प्रयोग गर्न सिकेर हामी अत्यन्त उत्साहित भएका छौं ।’ अन्य सहभागीहरूले पनि तालिमले आफ्नो पत्रकारितामा नवीन आयाम थपिएको अनुभव सुनाए ।

तालिममा एआइको प्रयोगसम्बन्धी सिप सिक्न पाएर सहभागी सबै पत्रकार हरु खुसी भएको महासंघका सहसचिव दुर्गेश मल्लले बताए ।
यसअघि तालिमको उद्घाटन सत्रमा महासंघका पूर्व जिल्ला अध्यक्ष भगवान भण्डारीले यस्ता प्रविधिमैत्री कार्यक्रमहरू पत्रकारहरूका लागि अत्यन्त आवश्यक रहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने रामपुर नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । महासंघकी उपाध्यक्ष बन्दना पोखरेलले सहभागी, प्रशिक्षक, अतिथि र आयोजना सहयोगी संस्था रामपुर नगरपालिकाप्रति आभार प्रकट गरिन् । 
 

ADV

सम्बन्धित खबर

Advertise