सन्ध्या अर्याल/मध्यान्ह
दोहा, कतार : आफ्नो राष्ट्रिय दिवसको अवसर पारेर गत डिसेम्बरबाट पाचौं संस्करण अन्तर्गत नयाँ नोट बजारमा ल्याएको कतारको केन्द्रीय बैकले चौथो संस्करणका नोटहरू सटही गर्न पुन सूचित गरेको छ । सूचना अनुसार कतारी रियालका पुराना नोटहरु सटही गर्न १ जुलाईलाई अन्तिम मिति घोषणा गरेको जनाइएको छ ।
१ जुलाई पछि पुरानो नोट चलनचल्तीमा नरहने यसअघि नै यहा‘को केन्द्रीय बैकले जानकारी गराई सकेको छ । नयाँ नोटहरूमा एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सयका रहेका छन् । कतारको इतिहासमा पहिलो पटक २०० रियालको नोट पहिलो पटक सार्वजनिक गरिएको छ ।अहिले पनि चौथो संस्करणका नोटहरू बजारमा उपलब्ध छन् यद्यपि पाँचौँ संस्करणको नोट चलनचल्तीमा आइसकेका छन् ।
नेपालले भने गत वैशाख २७ सम्म कतारी रियाल सटही गर्न अनुमति दिइएको थियो । तर उक्त मितिसम्म नेपालमा कति कतारी रियाल सहटी भयो सार्वजनिक भएको छैन । कतारमा आएर फर्केका नेपालीहरुसँग ठूलो परिणाममा त्यस्ता नोटहरु रहेको आंशका गर्दै साट्नका लागि समय दिइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies