२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

विदेशमा रहेका नेपालीको विवरण संकलन गर्दै सरकार

shivam cement
दिवाकर अधिकारी
२०८२ असार २१ गते ०६:३५
विदेशमा रहेका नेपालीको विवरण संकलन गर्दै सरकार

काठमाडौं : सरकारले विदेशमा रहेका सबै नेपालीको विवरण संकलन गर्दैछ । कानुनी वा गैरकानुनी रूपमा विदेश गएका सबै नेपालीको विवरण संकलन गर्नेगरी ‘श्रम संसार’ एप सञ्चालानमा ल्याइएको छ । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार विदेशमा रहेका नेपालीप्रति सरकारको दायित्व हुन्छ ।

‘कानुनी वा गैरकानुनी रूपमा विदेश गएको भएपनि सबै नेपालीप्रति सरकारको दायित्व हुन्छ । दायित्व पूरा गर्न सहज होस् भनेर विवरण एकीकृत गर्न सुरु गरिएको हो ।’

सरकारले विदेशमा रहेका सबै नेपालीहरूले सरकारी एपमा यहि असार १० गतेबाट आफ्नो विवरण दिइरहेका छन । कति विवरण संकलन भयो भनेर परराष्ट्र मन्त्रालयले दिएको छैन । तथापि, हजारौंको संख्यामा विवरण संकलन भएको छ । कुन देशमा कति नेपाली कस्तो अवस्थामा रहेको यसले दिनेछ । यसअनुसार सरकारले आवश्यक नीति अख्तियार गर्नेछ  । 

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी एप निर्माण गरिएको छ । यसमा उत्साहजनक सहभागिता रहेको छ ।’ 

परराष्ट्र मन्त्रालयका अधिकारीहरू विदेशमा रहेका नेपालीहरूले आफ्नो विवरण दर्ता गराएपछि त्यसमार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त हुनेछ । 

विदेशमा रहेका नेपालीहरूको विवरण प्राप्त भएपछि नेपालीहरू रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरूको तत्कालै उद्धार गर्नसमेत सहज हुने सरकारको विश्वास छ । 

परराष्ट्र मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरू सूचनाकै अभावका कारण ठगिएका छन्, दुःख पाएका छन  र विभिन्न समस्यामा परेका छन । यस्तो गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको छ । यस्तै गुनासो सम्बोधन गर्न पनि एकीकृत विवरण लिएर सरकारले रणनीति अवलम्बन गर्न लागेको हो । प्राप्त विवरणका आधारमा विदेशमा नेपालीहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुनेछ । 

श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरूलाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय सरकारको छ । यो निर्णय कार्यान्वयन गर्न पनि सरकारले एकीकृत विवरण संकलन गर्न लागेको हो । 

मन्त्रालयले नेपाली डायस्पोराका समस्याहरूको समाधानका लागि यसअघि पनि एउटा कार्यदल गठन गरी अध्ययन गरेको थियो । उक्त अध्ययनको आधारमा एकीकृत विवरण संकलन गरिएको हो । पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीहरूका समस्याहरू धेरै आउन थालेकाले उनीहरुको अवस्था र समस्या बुझ्नका लागि सरकारले विदेशमा रहेका नेपालीहरूसँग विवरण नै मागेको हो ।  

नेपालीहरू को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजविहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपालीहरूलाईसमेत सरकारले सम्बोधन गर्ने निति लिएको छ । यस अन्तरगत एकीकृत विवरण संकलन गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise