काठमाडौं : हास्य विधामा लोकप्रिय बन्न सफल हास्य कलाकार शेखर खनाल प्रसारणमा आउने अन्तिम तयारीमा रहेको ‘शिखर टेलिभिजन’को अध्यक्ष पदमा चयन भएका छन् । खनाललाई टेलिभिजनको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो ।
विगत लामो समयदेखि खनाल नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुँदैं आइरहेको पुर्वाधार विकाससँग सम्बन्धी एक मात्र टेलिभिजन कार्यक्रम ‘विकास र वहस’का प्रस्तोता हुनुका साथै निर्माता एवं निर्देशक समेत रहँदै आएका छन् । उनले विगतदेखि नै रंगमञ्च र चलचित्र निर्देशक एवं हास्यव्यंग्यको क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आइरहेका छन् ।
अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै उनले भने, ‘नयाँ ढंग र सोचका साथ टेलिभिजन मार्फत पत्रकारितामा छिर्न लागेको हुँ यसमा सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’ उनी एक समय निकै चर्चामा आएको हास्य टेलिश्रृंखला ‘झ्यांईंकुटी’मा भुइकटरको उपनामबाट निकै चर्चामा रहेका थिए ।
लामो समयदेखि टेलिभिजन च्यानलहरुमा हास्यव्यंग्य लगायत इन्टरटेनमेन्टसँग सम्बन्धित थुप्रै टेलिभिजन कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका खनाललाई शिखर टेलिभिजनको अध्यक्ष पदको जिम्मेवारी दिइएको हो । शिखर टेलिभिजन पूर्णरुपले इन्टरटेनमेन्ट च्यानलको रुपमा रहने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies