२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मासु, दुध र तरकारीमा आत्मनिर्भर बन्दै अर्घाखाँची

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २३ गते २०:४५
मासु, दुध र तरकारीमा आत्मनिर्भर बन्दै अर्घाखाँची

अर्घाखाँची : पछिल्लो समय अर्घाखाँचीमा कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ ।  तीव्र गतिमा कृषि उत्पादन र उत्पादकत्व बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ अर्घाखाँचीले काम गर्दै आएको छ । 

कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ मा सानाठूला गरी तीन दर्जनभन्दा बढी योजना योवर्ष कार्यान्वयमा रहेका छन् । 

प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गरी बेमौसमी तरकारी उत्पादन र आपूर्ति गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सेमि हाइटेक प्रविधि र वर्षादको समयमा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी गर्न सफल भएको कृषक अगुवा पुस्कर बन्जाडेले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनको सहयोगले प्रविधिमैत्री संरचना निर्माणमा सहयोग गर्दा उत्पादनमा दोब्बर वृद्धि भइ एकसिजनमा मात्र सात लाखसम्मको काक्रो र टमाटर उत्पादन गर्न सफल भएको अचार्य कृषि तथा पशुपन्छी फर्मका सञ्चालक सुशिल आचार्यले बताए । 

दुध, अण्डा र मासुमा अर्घाखाँची जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दुध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दुध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग, नमुना बाखा्र स्रोतकेन्द्र निर्माण गर्ने  लगायतका कामहरु भइरहेका छन् । 

उत्पादनमा आधारित अनुदान, बीउबिजन वितरण, सिँचाइको प्रबन्ध, हावापानी अनुकूलको व्यावसायिक खेती प्रणाली, कृषि उपकरण वितरण, गोठ तथा खोर सुधारका कार्यक्रमहरू, कृषि सम्बन्धी तालिम लगायतका उत्पादन र उत्पादकत्व वृद्धि सम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएपनि कतिपय कृषकले अनुदान लिने र बिचमै छाड्ने गरेका कारण सोचेजस्तो प्रगति हुन नसकेको जिल्ला समन्वय प्रमुख जीवनारायण कोइरालाले बताए । 

कृषिजन्य बस्तु उत्पादनमा जिल्लामै अब्बल बनाउन अर्घाखाँचीका ६ ओटै स्थानीय तहमा सानाठूला गरी तीन दर्जनभन्दा बढी योजना यो वर्ष  कार्यान्वयमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ अर्घाखाँचीका प्रमुख बिष्णु मग्रातीको भनाइ छ । 

युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु परियोजनाले गदै आएपनि लगानी अनुसार केही योजनाहरुबाट प्रतिफल आउन नसकेको, सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जोनको अग्रसरतामा भएको अनुगमनमा जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क  नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थान नगरप्रमुख झबिलाल थापा, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, कृषि ज्ञान केन्द अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, पशु सेवा विज्ञ केन्द्र, बिष्णु पौडेल, सशस्त्र प्रहरी प्रमुख भिमसेन बोहरा, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रतिनिधि शेषबहादुर भारती, सन्धिखर्क कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराई, पशु शाखाका प्रमुख नारायण खनाल, भुमिकास्थान नगरपालिका कृषि शाखाका प्रमुख राम बहादुर थापा लगायतले अनुगमन गरेको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दुध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise