२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कपिलवस्तुको कन्चनिया पुल अलपत्रः करोडौ लगानी, नागरिकलाई सास्ती

ADV
क्षितिज किरण
२०८१ साउन ४ गते २०:५४
कपिलवस्तुको कन्चनिया पुल अलपत्रः करोडौ लगानी, नागरिकलाई सास्ती

कपिलवस्तु : कपिलवस्तुको सितलापुर–लालपुर जोडने कन्चनिया पुल निर्माण कार्य अलपत्र परेको छ । शिवराज नगरपालिका वडा नम्बर–१० मा पर्ने कन्चनिया खोलामा विगत ५ बर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको हो । सरकारकले करोडौं लगानी गरेपनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेपछि स्थानीय नागरिकलाई सास्ती हुने गरेको अस्लम मनिहारले गुनासो गरे ।

उनले भने,‘मेरो घर सितलापुर हो, लालपुर कार्यालय हेल्थपोष्ट छ । त्यहाँको सेवा सुविधा लगायत हात बजार जान बर्षातको मौसमा समस्या हुने गरेको छ ।’ ठेकेदारको लापरवाहीले समयमा काम हुन नसक्दा नागरिकलाई समस्या हुने गरेको स्थानीय बताउँछन् । अर्की स्थानीय इन्द्रवती कुर्मीले खोलामा पुल निमार्ण नहुँदा आवतजावत गर्न सास्ती भएको बताइन् । यस्तै विद्यार्थी अमृत यादवले खोलामा पुल निमार्ण कार्य समयमै सम्पन्न नभएपछि आफूहरुलाई विद्यालय वारपार गर्न असहज भएको जनाए ।

स्थानीय अगुवा नेता रविदत्त मिश्रले वर्षाैदेखि अलिपत्र पुल यथाशीघ्र बन्नुपर्ने बताए । विजयनगर गाउँपालिकादेखि बुद्धभूमि नगरपालिका जोड्ने पुलको निर्माण कार्यमा ढिलासुस्ती हुनु विडम्बना भएको उनले जनाए । ठेकेदारले समयमै काम नगर्दा नागरिकलाई असहजता भएको बताउँदै निर्माण कार्य सञ्चालन गरेमा स्थानीयले समेत सहयोग गर्ने उनको भनाइ छ । दिनहुँ हजारौं यात्री सयौँको सवारी साधन गुड्ने खोलामा समयमै निर्माण कार्य सम्पन्न नभएपछि आवत–जावतमा समस्या भएको शिवराज नगरपालिका वडा नम्बर १० कि वडा अध्यक्ष मञ्जु मिश्रले बताइन् ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनियर पवित्रमणी आचार्यले समयमै काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्दै निर्माण कम्पनीलाई समयमै काम सकाउन गर्न समेत आग्रह गरे । सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेको खण्डमा निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याइ ठेक्का रद्द गर्ने बताए । पुलको निमार्ण कार्य २०७६ फागुन १८ गते सम्झौता भएर २०७९ भदौ १६ गते सम्पन्न गर्ने गरी ८ करोड ९८ लाख १६ हजारमा सिरुवा कन्स्ट्रक्सन प्रा.लि.ले जिम्मा पाएको थियो । पुलको लम्बाई ४१ मिटर, ११ मिटर चौडाई रहेको हुलाकी कार्यालयले जनाएको छ ।

यता कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक सन्तोष ढुंंगानाले सम्झौता अनुसार निर्माण काम गर्न नसकेको स्वीकार गरे । काम सुरु भएको बेला कोभिड, आर्थिक मन्दी, मेट्रियल, लगायत अभाव, सरकारी भुक्तानी जस्ता समस्याका कारण समयमै काम गर्न नसकेको उनी बताउँछन् । पुनः कार्य शुरु भइ सकेको बताउँदै समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । सार्वजनिक खरिद ऐन १३औँ नियमावली संशोधन अनुसार २०८१ माघ १६ गते पुनः सम्झौता भइ निर्माण कार्य शुरु भएको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise