२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

shivam cement
२०८२ असोज २ गते ०७:५७
Shares
कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौँ : काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा आज बिहान भेटिएको शवको पहिचान खुलेको छ ।

उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “आज बिहान अन्दाजी ९:३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । आवश्यक प्रक्रियापश्चात् उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका-६ का २२ वर्षीय विकास रसाइलीको रहेको पुष्टि भएको हो ।”

उक्त शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) मा पठाइएको प्रवक्ता बोहराले बताए ।

ताजा खबर

सम्बन्धित खबर