२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

कालीगण्डकी करिडोर : २३४ किमी कालो पत्र, ३६ वटा पुल निर्माण

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते ०७:४१
कालीगण्डकी करिडोर : २३४ किमी कालो पत्र, ३६ वटा पुल निर्माण

बागलुङ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काली गण्डकी करिडोरको गैँडाकोट-राम्दी-मालढुंगा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालो पत्र, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने छ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गैँडाकोट-राम्दी-मालढुंगा सडक योजना पाल्पाको तथ्यांकअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र काली गण्डकी लोक मार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त  खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालो पत्र गर्न र पुलहरू निर्माणका लागि रु. १४ अर्ब सात करोड खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए ।

आर्थिक वर्ष २०६६/६७ मा सुरु गरिएको आयोजना र २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रु. २० अर्ब लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ । इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । उक्त खण्डमा पहिराको ठेक्का व्यवस्थापन, शून्य दशमलव ४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले जानकारी दिए । 

करिडोर गैँडाकोट-राम्दी-मालढुंगा खण्ड चार जिल्ला र काली गण्डकी लोक मार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ । करिडोरको नवलपुरमा ७७ दशमलव ९७ किमी, पाल्पामा ८६ दशमलव २७ किमी, गुल्मीमा ४१ दशमलव ०६ किमी, बागलुङमा ३४ दशमलव ७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ ।

ADV

सम्बन्धित खबर

Advertise