२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्ने

shivam cement
२०८१ साउन ६ गते १०:४९
Shares
एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ :  एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलंकाको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल  नेपाली समयानुसार बेलुका ७ः१५ बजे शुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो । 

सम्बन्धित खबर