काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।
बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका ३५ वर्षीय मोहमद कमल महगौबलाई ९ किलो १३५ ग्राम सुनसहित नियन्त्रणमा लिइएको हो ।
महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन् । उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेको बताइएको छ ।
महगौबबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies