२०८२ असोज २४ गते शुक्रवार / Oct 10 , 2025 , Friday
२०८२ असोज २४ गते शुक्रवार
Ads

मनास्लु हिमालको सफल आरोहण गर्दै महर्जनले फहराए नेपालको झण्डा

shivam cement
रामहरि कार्की
२०८२ असोज २३ गते २०:३२
मनास्लु हिमालको सफल आरोहण गर्दै महर्जनले फहराए नेपालको झण्डा

ललितपुर : ललितपुर महानगरपालिका–२१ खोकनाका पर्वतारोही योगेन्द्र महर्जनले देशकै प्रतिष्ठित शिखरहरूमध्ये एक मनास्लु हिमाल (८,१६३ मिटर) को सफल आरोहण गरेका छन् । उनले बिहीबार बिहान हिमालको चुचुरोमा पुगेर ललितपुर महानगरपालिकाको झण्डा र नेपालको राष्ट्रिय ध्वजावाहक भण्डा फहराएका हुन् ।

महर्जनले मनास्लु आरोहणलाई आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि बताउँदै भने, ‘हिमालको चुचुरोमा पुगेपछि स्वर्गीय आनन्दको अनुभूति भयो, तर त्यही बेला ग्लोबल वार्मिङका कारण पग्लिँदै गएका हिउ र खुल्दै गएका कालापत्तरहरू देख्दा चिन्ता पनि मनमा आयो ।’

उनका अनुसार मनास्लु आरोहणले उनलाई शारीरिक क्षमताभन्दा बढी मानसिक दृढता र आत्मविश्वास नै मुख्य हो भन्ने पाठ सिकाएको छ । उनले भने, ‘हिमाल चढ्न शरीरको शक्ति आवश्यक हुन्छ, तर अन्ततः आत्मविश्वास र मनोबल नै सफलता दिलाउँछ ।’

महर्जनले यस यात्राबाट फर्किएपछि जलवायु परिवर्तनले हिमाली भू–परिवेशमा ल्याएको प्रत्यक्ष प्रभाव देख्न पाएको अनुभव पनि बाँडेका छन् । उनका अनुसार पछिल्ला वर्षहरूमा हिमालहरूमा हिउ पग्लिने गति बढ्दै गएको छ, जसले भविष्यका हिमाल आरोहीहरूका लागि थप चुनौती निम्त्याउनेछ ।

मनास्लु हिमालको आरोहण विश्वका पर्वतारोहण प्रेमीहरूका लागि कठिन र प्रतिष्ठित यात्रामध्ये एक मानिन्छ । यो हिमाल नेपालको गोरखा जिल्लामा अवस्थित छ र विश्वकै आठौँ अग्लो हिमाल हो ।

यो उनको पहिलो ८ हजार मिटर वर्गको सफल आरोहण भए पनि महर्जन यसअघि पनि उच्च शिखरहरू जितिसकेका छन् । उनले यसअघि ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखर र इक्वेडरको ६ हजार २ सय ६३ मिटर अग्लो चिम्बोराजो हिमालको सफल आरोहण गरिसकेका छन् । हिमालप्रेम र साहसिक यात्रामा रुचि राख्ने महर्जनले आगामी वर्षहरूमा पनि अन्य उच्च हिमालहरूमा आरोहण गर्ने योजना बनाइरहेको जानकारी दिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise