२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

महिला एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

ADV
मध्यान्ह
२०८१ साउन ८ गते २२:२९
महिला एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा यूएईविरुद्ध विजयी भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । 

मंगलबारको खेलमा भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो ।

नेपाली ओपनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् । २२ बल खेलकी उनले तीन चौका प्रहार गरिन् । रुबिना क्षेत्री १५, इन्दु बर्मा १४ रनमा आउट हुँदा बिन्दु रावल १७ र सबनम राई एक रनमा अविजित रहिन् ।

भारतकी दिप्ती शर्माले सर्वाधिक तीन विकेट लिइन् । अरुणधती रेड्डी र राधा यादवले समान दुई विकेट लिँदा रेनुका सिंहको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् ।

यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् । नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् । योसँगै समूह ‘ए’बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थानमा बनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise