२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

थबाङ पहिलोपटक केन्द्र विद्युत् लाइनसँग जोडियो

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ कार्तिक २३ गते २०:४२
Shares
थबाङ पहिलोपटक केन्द्र विद्युत् लाइनसँग जोडियो

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका पहिलोपटक केन्द्रीय विद्युत् लाइनसँग जोडिएको छ । लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले विद्युत् लाइनको बटन थिचेर थबाङ गाउँपालिका–२ का गल्चोर, मराङ्थाना र ठुलो गाउँमा आइतबारदेखि केन्द्रीय विद्युत् लाइन सञ्चालनमा ल्याएका थिए ।

लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले रोल्पामा करिब ३६ हजार घरमा विद्युत् पुगेको बताए । आइतबार थबाङमा केन्द्रीय विद्युत् प्रसारण लाइन तथा ट्रान्सर्फमर उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘रोल्पामा करिब ५२ हजार बढी घर संख्या भएको र आज थबाङ्मा केन्द्रीय विद्युत् प्रसारण भएसँगै रोल्पामा करिब ३६ हजार घर अर्थात् ७५ प्रतिशत घरमा केन्द्रीय विद्युत् पुगेको छ’, उनले भने । 

२०६४ सालभन्दा पहिले रोल्पामा विद्युत् लाइन १९ प्रतिशत जनतामा मात्र पुगेको थियो । रोल्पाबाट अर्थ मन्त्री हुँदा धेरै बजेट आएको र धेरै काम भएको समेत उनले दाबी गरे । रोल्पामा अहिलेसम्म १ सय ४ करोड बजेट आएको समेत पुनले बताए । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख अशेश्वर शाहले धेरै संघर्ष र चुनौतीको बीचबाट थबाङमा केन्द्रीय विद्युत् लाइन प्रसारण हुन सफल भएको बताए । विद्युत् पुग्नु, बिजुली बाल्नु र वाइफाई चलाउनु मात्र नभई जीवनमा परिवर्तन ल्याउनु ठूलो कुरा हो’, उनले भने, ‘विद्युत्बाट हुने काममा समेत जोडिएर यहाँका नागरिकले लाभ लिन सकेमा आर्थिक रूपमा समेत फाइदा पुग्ने देख्छु ।’ 

थबाङ गाउँपालिका भित्र बाँकी रहेका वडामा पनि आगामी वर्षमा विद्युत् लाइन विस्तार गर्ने दाबी समेत शाहले गरेका छन् ।

सम्बन्धित खबर