२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

भवन र नाला निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २४ गते २१:३४
Shares
भवन र नाला निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

रौतहट : रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा निर्माण भइरहेको सामुदायिक भवन र नालामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । 

चालु आर्थिक वर्षको स्वीकृति कार्यक्रम अन्तर्गत प्रदेश सरकारको भौतिक विकास मन्त्रालयको बजेटबाट निर्माण भइरहेको स्थानीय जयराम सहनीको घरदेखि बच्चा दासको घरसम्म नाला निर्माण तथा सर्वहारा उत्थान युवा समुहको जग्गामा निर्माण भइ रहेको सामुदायिक भवनमा उपभोक्ता समितिले कमसल इँटा तथा लागत इस्टिमेट विपरित सिमेन्ट बालुबा प्रयोग गरिरहेको स्थानीयहरुको आरोप छ । 

दिपा सहनी मल्लाह अध्यक्ष, रोशन गिरि सचिव र आशा कुमारी देवी कोषाध्यक्ष रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका पुँजीगत बजेट ३१ लाख २४ हजार ४ सय ६२ रुपैयाँको लागतमा नाला निर्माण तथा दिपु कुमार सहनी अध्यक्ष, धर्मेन्द्र सहनी सचिव र रिना देवी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले १० लाख १० हजार ८ सय ४० रुपैयाँको लागतमा निर्माण गराइ रहेको सामुदायिक भवनमा कमसल निर्माण सामग्री प्रयोग गरी रहेको स्थानीय आंशिक सहनीले आरोप लगाए । 

प्रदेश सरकारको बजेट दुरुपयोग गर्ने उद्देश्यले दुवै योजनामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्ने गरेकोले सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने स्थानीय बच्चा दासले माग गरे । 

लागु रहेको योजनामा प्राविधिकको निगरानी हुनुपर्नेमा पूर्वाधार विकास कार्यालय रौतहटले कुनै चासो नदेखाएको आरोप स्थानीय रामाकान्त रायको रहेको छ । दुवै योजनामा प्रयोग भइ रहेको कमसल निर्माण सामग्रीले नाला तथा भवन टिकाउ हुन नसक्ने भनाइ स्थानीयको छ । 

नाला निर्माण तथा सामुदायिक भवन निर्माणमा भइरहेको अनियमिता बारेमा छानबिन गरी कारबाही गर्नको लागि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको बुझिएको छ ।

सम्बन्धित खबर