२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

विद्यालयलाई डिजिटल शैक्षिक सामग्री खरिदका लागि सहयोग

shivam cement
पूर्ण तामाङ
२०८२ मंसिर २८ गते २२:०८
Shares
विद्यालयलाई डिजिटल शैक्षिक सामग्री खरिदका लागि सहयोग

युएई : नुवाकोट त्रिशूली समाज युएईले नुवाकोटको म्यागङ गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयलाई डिजिटल शैक्षिक सामग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच त्रिशूली समाज युएईकी सक्रिय सदस्य तथा उक्त विद्यालयकी पूर्वविद्यार्थी हसिना तामाङले विद्यालयलाई १ लाख १५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेकी हुन् । 

सहयोग रकम हस्तान्तरण गर्दै तामाङले शैक्षिक गुणस्तर अभिवृद्धिमा डिजिटल शिक्षाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्रिशूली समाज युएईले विगत लामो समयदेखि नुवाकोट जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको र युएईमा समस्यामा परेका नेपालीहरूलाई समेत सहयोग गर्दै आएको उनले स्मरण गराइन् । 

कार्यक्रममा तामाङले व्यक्तिगत रूपमा थप ४ हजार रुपैयाँ सहयोग गरेकी छन् भने बुङ्ताङ गाउँका जेनजी टिमले ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सहयोगप्रति विद्यालय प्रशासनले त्रिशूली समाज युएई तथा सहयोगदाताप्रति आभार व्यक्त गरेको छ । विद्यालयका अनुसार प्राप्त रकम डिजिटल शैक्षिक सामग्री खरिदमा प्रयोग गरिनेछ ।

सम्बन्धित खबर