२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

दम्ती, धाइरे, अधेँरी सडकखण्डको शिलान्यास

shivam cement
राजेश जीसी
२०८२ मंसिर २९ गते २१:३६
Shares
दम्ती, धाइरे, अधेँरी सडकखण्डको शिलान्यास

प्यूठान : लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दम्ती, धाईरे, अधेँरी सडकको सोमवार शिलान्यास गरेका छन् । जिल्लाको प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने ६ किलोमिटर लामो सडक कालोपत्रे गर्नेगरी मन्त्री थापाले शिलान्यास गरेका हुन् । 

सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्कामा दिएको शहरी विकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आर्थिक २०८२/८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवा र एजी कन्ट्रक्सनले ठेक्का पाएका छन् । 

थापा मन्त्री भएपछि सो सडक स्तरोन्नती तथा कालोपत्रे गर्नका लागि गत आर्थिक वर्षको असारमा पैदलयात्रा गरिएको थियो । यसअघि पनि मन्त्री थापाको पहलमा ४२ करोडमा बहाने–स्याउलीबाङ सडकको स्तरोन्नतिका लागि पहल गरिएको थियो । ‘भोट माग्दा सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रतिवद्धता गरेको थिएँ, पूरा गरेको छु’ मन्त्री थापाले भने । 

यो सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले सहज यात्रा गर्न पाउने नौबहिनी गाउँपालिका–६ का सूर्य केसीले बताए । ‘सडक निर्माणमा कसैको चासो नभए पनि शिलान्यासले आफूहरू ढुक्क भएका छौं,’ उनले भने ।’ त्यस्तै लामो समयदेखि चर्चामा रहेको बाग्दुला–मच्छी सडकको कालोपत्रेका लागि पनि ठेक्का आह्वान भएको छ ।

मन्त्री थापाकै सक्रियतामा सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ३० करोडको वहुवर्षिय ठेक्का आह्वान भएको छ । सो सडक कालोपत्रे भएपछि झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिकाका साथै छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका नागरिकलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर