२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहटको गुजरा नगरपालिकामा हुलाक कार्यालय सञ्चालन

ADV
ओमप्रकाश यादव
२०८१ साउन १४ गते १६:००
रौतहटको गुजरा नगरपालिकामा हुलाक कार्यालय सञ्चालन

रौतहट : हुलाकसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिकामा हुलाक कार्यालयको शाखा कार्यालय सञ्चालनमा आएको छ ।

गुजरा नगर कार्यपालिकाको कार्यालय सिम्रा भवानीपुरमा सोमबारदेखि हुलाक कार्यालय सञ्चालनमा आएको हो । गुजराका नगर प्रमुख सन्तलाल चौधरीले सोमबार एक कार्यक्रमका बीच उक्त कार्यालयको उद्घाटन गरे ।

मेयर चौधरीले उद्घाटन गरेसँगै सोमबारदेखि नै उक्त कार्यालय सञ्चालनमा आइ सेवा प्रदान गर्न शुरु गरेको जिल्ला हुलाक कार्यालय गौर रौतहटका प्रमुख एवम् हुलाक अधिकृत देवनाथ यादवले जानकारी दिएका छन् ।

आम नागरिकलाई स्थानीय तहबाट नै हुलाकसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले गुजरा नगरपालिकामा हुलाक कार्यालय सञ्चालन गरिएको उनले बताए । एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने उद्देश्यअन्तर्गत अहिलेसम्म हुलाक कार्यालय नरहेको गुजरामा हुलाक कार्यालय स्थापना गरिएको उनको भनाइ थियो ।

जिल्ला हुलाक अधिकृत यादवका अनुसार जिल्लामा २ गाउँपालिका र १६ वटा नगरपालिका गरी कूल १८ वटा स्थानीय तह रहेकोमा अहिलेसम्म गुजरासहित १२ वटा स्थानीय तहमा हुलाक कार्यालयको शाखा कार्यालय स्थापना भइसकेको छ भने अब ६ वटा स्थानीय तहमा मात्र हुलाक कार्यालय स्थापना हुन बाँकी छ ।

अहिलेसम्म माधवनारायण, गढीमाई, गौर, गरुडा, चन्द्रपुर, कटहरिया, फतुवा विजयपुर, राजपुर, मौलापुर, गुजरा नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकामा हुलाक कार्यालय स्थापना भइसकेको छ भने राजदेवी, इशनाथ, देवाही गोनाही, बौधीमाई, वृन्दावन र परोहा नगरपालिकामा हुलाक कार्यालय स्थापना हुन अझै बाँकी रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise