२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

घरदैलोमा सरकार

shivam cement
ललित बोहरा
२०८२ पुष २७ गते २२:४१
Shares
घरदैलोमा सरकार

बैतडी : बैतडीको पाटन नगरपालिका–८ ले जेष्ठ नागरिकप्रति सम्मान र सेवाको प्रकट गरेको छ । जिल्लाको पाटन नगरपालिका ८मा समाजिक सुरक्षा भत्ता वितरणका लागि बायोमेट्रिक भेरिफिकेशन गर्ने सरकारी टोली नै घरमा पुगेको हो । 

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर नवीकरणका क्रममा बायोमेट्रिक भेरिफिकेशन हुन नसकेका केही लाभग्राहीहरूका लागि वडा कार्यालयले थप सहजीकरण गरेको छ ।

वडाध्यक्ष तथा समाजिक विकास समिति संयोजक हरिष विष्टको नेतृत्वमा वडा सदस्यहरू र वडा कार्यालयका कर्मचारीहरूको टोलीले १९ जना जेष्ठ नागरिकलाई न्यानो ब्ल्यांकेट वितरण गरेको हो । 

टोलीले जेष्ठ नागरिकहरूको घरदैलोमै पुगेर ब्ल्यान्केट वितरण गर्नुका साथै सम्मान तथा अभिनन्दन गर्दै आत्मीयता प्रकट गरेको थियो । जेष्ठ नागरिकलाई राज्य र समाजले दिएको कदरको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष बिष्टले बताएका छन् ।

वडाध्यक्ष विष्टको पहलमा वडा कार्यालयको टोली टोल–टोलमै पुगेर बायोमेट्रिक प्रमाणीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । पाटन नगरपालिका ९ ले समेत १ सय ९५ जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको वडा अध्यक्ष कालु सिह भाटले बताए । वडाले गरी राखेका कार्यबाट नागरिक हर्षित भएका छन् ।

पाटन नगरपालिकाले सरकारले वडा–वडाका कार्यालयमै पुगेर योजना सम्झैता गरेको थियो । नगरपालिकाले जनतालाई सहज हुने गरी काम गर्ने प्रयास गरिरहेको नगर प्रमुख गौरी सिंह रावलले बताए ।

सम्बन्धित खबर