२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

shivam cement
२०८२ माघ ४ गते ११:४९
Shares
शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

काठमाडौं : शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेको सकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।

साथै अध्यक्ष दाहालले राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उनको निधनमा एक मिनेट मौनधारण समेत गर्‍यो ।

शोक प्रस्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ । 

सम्बन्धित खबर