२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राधा पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

shivam cement
२०८२ माघ ४ गते २१:२८
Shares
राधा पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं : राधा क्यान्सर सचेतना फाउन्डेसनले ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’का लागि आवेदन आह्वान गरेको छ । फाउन्डेसनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरेको हो । फाउन्डेसनले स्वर्गीय पत्रकार राधा बस्यालको जन्म जयन्तीमा हरेक वर्ष आवेदन परेका पत्रकारमध्ये एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । 

आवेदन दिन इच्छुक पत्रकारले गत वर्षको फागुनदेखि यस वर्षको पुस मसान्तसम्म प्रकाशन तथा प्रसारण गरेका क्यान्सर सचेतना र हिंसाविरुद्धको ३ वटा (क्यान्सरसम्बन्धी एउटा सामग्री अनिवार्य) लेख फागुन ४ गतेभित्र पठाउनुपर्ने फाउन्डेसनले जनाएको छ । 

प्राप्त आवेदनमध्येबाट फाउन्डेसनको पुरस्कार छनोट समितिले पुरस्कृत हुने व्यक्ति छनोट गर्नेछ । पुरस्कृत हुने पत्रकारले २० हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गर्ने फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिएका छन् । यस किसिमको पुरस्कारले देशभरका क्रियाशिल पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसाविरुद्ध कलम चलाउन प्रेरणा मिल्ने आफूहरूको विश्वास रहेको बस्यालले बताए । 

२०४८ सालमा जन्मिएकी पत्रकार बस्यालको २०७७ कात्तिक १४ गते स्तन क्यान्सरका कारण निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधा वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् । 

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ–गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन् ।

सम्बन्धित खबर