
काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महर चुनाव लड्ने भएका छन् । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।
देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो। देउवाले उक्त क्षेत्रमा २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका थिए।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।