२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

shivam cement
२०८२ माघ ६ गते १२:१७
Shares
भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिएकी छन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएकी हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन् । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताए । 

ताजा खबर

सम्बन्धित खबर