२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कांग्रेस विशेष महाधिवेशविरुद्धको रिट पोखरेलको इजलासमा

shivam cement
२०८२ माघ ६ गते १२:२२
Shares
कांग्रेस विशेष महाधिवेशविरुद्धको रिट पोखरेलको इजलासमा

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशको वैधानिकताविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

शेरबहादुर देउवासमेत दुई जनाको तर्फबाट दायर उक्त रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । रिटमा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ ।

कांग्रेसभित्र गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशमार्फत नयाँ नेतृत्व चयन गरेपछि विवाद उत्पन्न भएको हो । उक्त महाधिवेश अवैधानिक भएको दाबी गर्दै देउवा पक्षले सुरुमा निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

तर आयोगले विशेष महाधिवेशबाट निर्वाचित नेतृत्वलाई नै वैधानिक ठहर गरेपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो । अब सर्वोच्च अदालतको आदेशले कांग्रेसको आन्तरिक विवादको कानुनी दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर