२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

shivam cement
२०८२ माघ ६ गते १४:१८
Shares
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

काठमाडौँ : झापाको दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ ।

 झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेका बेला झडप भएको हो ।

उम्मेदवारी दर्ताको क्रममा रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ । नाराबाजीपछि दुवै पक्षका कार्यकर्ताबीच भनाभन हुँदै झडप भएको स्रोतले जनाएको छ ।

घटनापछि दमक क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर