२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पर्सा जिल्ला अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

shivam cement
२०८२ माघ ६ गते १५:३१
Shares
पर्सा जिल्ला अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

काठमाडौं : पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा मंगलबार अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले लामिछानेबाट धरौटी माग गर्ने निर्णय गरेको हो ।

उक्त मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार धरौटी बुझाउने प्रक्रिया सुरु भइसकेको छ ।

लामिछाने मंगलबार तारेखका लागि पर्सा जिल्ला अदालत पुगेका थिए । अदालतबाट फर्किएपछि उनले चितवन पुगेर उम्मेदवारी दर्ता गराउने छन् ।

ताजा खबर

सम्बन्धित खबर