२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

काठमाडौं महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

shivam cement
२०८२ माघ ७ गते ११:२०
Shares
काठमाडौं महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

काठमाडौंः काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराएका हुन् ।

धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिए । अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने बताए । सबैसँग सभ्य र नरम भाषामामा बोल्न सुझाव दिए।

उनले भने, ‘शक्तिकेन्द्र धाउने काम कम गरौँ । अहिले गर्ने क्रियाकलापमा फोकस हौँ । फुटपाथ पार्किङमा एकदम फोकस हुनुपर्नेछ । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान दिनुपर्नेछ । धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ । अब यसलाई मनिटरिङ मात्रै गर्ने हो । फुटपाथ र पार्किङमा विशेष ध्यान दिऔँ । बोल्दा मिठो बोल्नुस् । कसैलाई तँ नभन्नुस् । सबैसँग बोल्दा सम्मानजनक हिसावले बोल्नुस् । भाषा नरम हुनुपर्छ ।’

उनले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिए । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताए । 

ताजा खबर

सम्बन्धित खबर