२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाही हुनुपर्छ : अध्यक्ष ओली

shivam cement
२०८२ माघ ७ गते १२:४१
Shares
सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाही हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । बुधबार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानुनअनुसार दोषी रहेको बताए । अपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने उनको भनाइ थियो । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने उनले बताए ।

उनले भने, ‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसकारण उनीहरूलाई जोगाउने काम गरेको छ ।’

अन्तरिम सरकार देश जलाउनेहरूकै भएकाले पनि अपराधीहरूलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमबार मात्रै झापा गएका थिए । झाप-५ बाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नेगरी उनले मनोनयन गराएका छन् ।

ताजा खबर

सम्बन्धित खबर