२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

shivam cement
२०८२ माघ ८ गते ०९:४६
Shares
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

बागमती : कुलेखानी-काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३-००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । 

दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका-१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर