२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

shivam cement
२०८२ माघ ९ गते १२:३३
Shares
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।

त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । 

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायत विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर