२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मध्यान्हको २४औं वार्षिकोत्सवमा असहायलाई सहयोग

shivam cement
२०८२ माघ ९ गते २२:११
Shares
मध्यान्हको २४औं वार्षिकोत्सवमा असहायलाई सहयोग

काठमाडौं : विविध सामाजिक कार्यमा हातेमालो गर्दै मध्यान्ह राष्ट्रिय दैनिकले २४औं वार्षिकोत्सव मनाएको छ । मध्यान्ह परिवारले नवजीवन परोपकार समाजमा आश्रित असहाय तथा ज्येष्ठ नागरिकलाई भोजन, न्यानो कपडासहित आर्थिक सहयोग गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङस्थित नवजीवन परोपकार समाजमै पुगेर ज्येष्ठ नागरिकलाई भोजन गराइएको छ । साथै, न्यानो कपडा, भित्तेघडी र आर्थिक सहयोग गरिएको हो । मध्यान्ह प्रकाशक सीतादेवी श्रेष्ठ र अध्यक्ष तथा प्रधान सम्पादक मदनकुमार श्रेष्ठले सो संस्थालाई ५५ हजार २४ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रकाशक श्रेष्ठले असहाय तथा अशक्त ज्येष्ठ नागरिक सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् । समाजमा विविध कारणले असहाय बनेका व्यक्तिलाई सहयोग गर्नु सामाजिक कर्तव्य भएको पनि उनले बताइन् । सो कार्यक्रममा मध्यान्ह दैनिकका प्रधान सम्पादक मदन श्रेष्ठ, सम्पादक जनक नेपाल, पत्रकार, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रधानसम्पादक श्रेष्ठले परोपकारमा सानै भए पनि सहयोग अर्पण गर्न पाउँदा निकै सन्तुष्टि मिलेको बताएका छन् । त्यस्तै, सम्पादक नेपालले सामाजिक कार्यमा होस्टेमा हैंसे गर्नु सबैको दायित्व भएको बताए ।

उक्त कार्यक्रममा नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गा दाहालले २४औं वर्ष प्रवेश गरेको अवसर मध्यान्ह दैनिक पत्रिकाको उत्तरोउत्तर प्रगतिको कामना व्यक्त गरे । उनले नवजीवन परोपकार समाज असहाय र ज्येष्ठ नागरिकलाई सेवा दिँदै आएकोमा सहयोग उपलब्ध गराउने मध्यान्ह परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

नवजीवन सेवा समाजले बेवारिसे अवस्थामा रहेका नागरिकसहित पशुपन्छीहरूको समेत उपचार, हेरचाह गर्दै आएको जनाएको छ । १ सयभन्दा बढी बेवारिसे व्यक्तिको उपचारपछि पारिवारिक पुनर्मिलनसमेत गरिसकेको दाहालले बताए । यस समाजले विगत १० वर्षदेखि निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।

वार्षिकोत्सवकै उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रधान सम्पादक श्रेष्ठले मध्यान्ह दैनिकलाई नयाँ उचाइमा पुर्‍याउन उच्च मनोबलका साथ सशक्त पत्रकारितामा लाग्न सहकर्मीहरूलाई आग्रह गरे । उनले २४ वर्षसम्मका कठिन यात्रामा सहयोग गर्ने समस्त पाठक, विज्ञापनतादा, सहयोगी, शुभचिन्तकप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर