
काठमाडौंः काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताएकी छन् । शनिबारबाट सुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताइन् । इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको उल्लेख गरिन् ।
अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने बताइन् । उपप्रमुख डंगोलले शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गरेको बताइन् । प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको उनको भनाइल छ ।