२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

shivam cement
२०८२ माघ ११ गते १२:३३
Shares
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

काठमाडौँ : तीन दिनदेखि बेपत्ता रहेका प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका हुन्। घोराही–२, रामपुर स्थायी ठेगाना भएका जिसी जिल्ला प्रहरी कार्यालयका चालकसमेत थिए ।

८ गते बिहान ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका जिसी त्यसयता सम्पर्कविहीन भएका थिए । प्रहरीद्वारा खोजतलास गर्ने क्रममा उनको शव घोराही–१८ स्थित घरडौरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर