२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

साँगा क्षेत्रमा अन्डरपास निर्माणले तीव्रता पाउँदै

shivam cement
२०८२ माघ ११ गते १२:४१
Shares
साँगा क्षेत्रमा अन्डरपास निर्माणले तीव्रता पाउँदै

काठमाडौँ : भक्तपुर र काभ्रेपलान्चोकको सीमावर्ती क्षेत्र साँगामा निर्माणाधीन दुई लेनको अन्डरपासको काम उल्लेख्य गतिमा अगाडि बढिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सञ्चालनमा रहेको सूर्यविनायक-धुलिखेल सडक स्तरोन्नति योजनाअन्तर्गत उक्त संरचना निर्माण भइरहेको हो ।

आयोजना कार्यालयका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहनेछ। यसमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर लामो पहुँच सडक समावेश गरिएको छ । संरचनाको उचाइ ६ मिटर र चौडाइ १० दशमलव ५ मिटर तोकिएको छ । साथै अन्डरपास भित्रै करिब २० मिटर लम्बाइको पुल निर्माण गरिने व्यवस्था रहेको छ ।

हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ । यस चरणमा फाउन्डेसन तथा सुपरस्ट्रक्चरसम्बन्धी कामहरू अगाडि बढाइँदै छन् ।

सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत कुल १५ दशमलव ८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ। जसमा सूर्यविनायक-साँगा ७ दशमलव ५ किलोमिटर र साँगा-धुलिखेल ८ दशमलव ३ किलोमिटर सडकखण्डलाई अलग-अलग ठेक्कामार्फत कार्यान्वयन गरिएको हो ।

सूर्यविनायक-साँगा सडकखण्डमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना अन्तर्गत ठेक्का सम्झौता २०७९ पुस २४ गते सम्पन्न भएको थियो। सम्झौताअनुसार सूर्यविनायक-साँगा सडकखण्डको लागत तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल सडक खण्डको लागत चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

योजनाको प्रारम्भिक कार्य अवधि २०८० पुस २३ गतेसम्म तोकिए पनि निर्माण समयसीमा विस्तार गरी २०८३ फागुन मसान्तसम्म कायम गरिएको आयोजनाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर