२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण ‘प्रचण्ड’लाई घनश्याम भुसालको आग्रह

shivam cement
२०८२ माघ ११ गते १४:२२
Shares
राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण ‘प्रचण्ड’लाई घनश्याम भुसालको आग्रह

काठमाडौँ : नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग उनको राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण गर्न आग्रह गरेका छन् ।

भुसालले नेतृत्वले विगतमा सँगसँगै संघर्ष गरेका व्यक्तिहरूको भूमिकालाई बेवास्ता नगर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

पार्टी अनुशासन उल्लंघनको आरोपमा हरिबोल गजुरेल र महेश्वर दाहालमाथि कारबाही गरिएको सन्दर्भ उल्लेख गर्दै भुसालले सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गरेका छन् । उनले कठिन परिस्थितिमा पार्टीका लागि उभिएका व्यक्तिहरू नै नेतृत्वको पहिचान र गौरव भएको संकेत गरेका छन् ।

उनको अभिव्यक्तिमा नेतृत्वले सहजता मात्र खोज्ने प्रवृत्तिबाट अलग रहँदै चुनौतीपूर्ण समयमा साथ दिएका कार्यकर्ताको योगदानलाई मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

भुसालले पार्टीभित्रको आन्तरिक अभ्यास र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका छन् ।

ताजा खबर

सम्बन्धित खबर