२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

देशमा विद्यमान संकटको डटेर सामना गरौं : प्रधानमन्त्री कार्की

shivam cement
२०८२ माघ ११ गते १५:१६
Shares
देशमा विद्यमान संकटको डटेर सामना गरौं : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरूको डटेर सामना गर्नुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरूको अन्त्यका लागि डटेर अघि बढ्नुपर्ने बेला आएको स्पष्ट पारिन् ।

त्यस अवसरमा उनले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरूलाई आग्रह गरिन् । विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरू राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

उनले उच्च शिक्षा हासिल गरेर वाह्य मुलुकमा गएका विद्यार्थीहरूले राष्ट्रले गर्वं गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताइन् । उनले उच्च शिक्षा प्रदायक संस्थाहरूलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराइन् । 

प्रधानमन्त्री कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नुपर्ने समेत बताइन् ।

ताजा खबर

सम्बन्धित खबर