२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार शिरोमणि दवाडीलाई

shivam cement
२०८२ माघ ११ गते १७:५०
Shares
उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार शिरोमणि दवाडीलाई

काठमाडौं : नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको विशेष बैठकले करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । दवाडी हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्णका प्रमुख छन् भने उनी अध्यात्मिक पत्रकार समाजका अध्यक्ष समेत हुन् ।

बैठकमा मञ्चका पदाधिकारी तथा सदस्यहरूको संयुक्त सहभागिता रहेको थियो । बैठकले मञ्चका पूर्वमहासचिव राम पौडेल र सदस्य नारायण आचार्यद्वारा स्थापना गरिएका विभिन्न स्मृति पत्रकारिता पुरस्कारहरू प्रत्येक वर्ष मञ्चको वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ । पुरस्कार प्राप्तकर्ता मञ्चको छनोट समितिबाट छनोट गरिने व्यवस्था गरिएको छ ।

No description available.

नेपाल पत्रकार मञ्चको स्थापना दिवस चैत ३० गतेका अवसरमा हरेक वर्ष प्रदान गरिने यी पुरस्कार स्थापना गरेकोमा मञ्चका अध्यक्ष युवराज विद्रोहले दाता राम पौडेल र नारायण आचार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

राम पौडेलले आफ्ना स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना गरेको पुरस्कारको नाम उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यसैगरी नारायण आचार्यले आफ्ना स्वर्गीय पिता इन्द्रप्रसाद आचार्य र स्वर्गीय माता यानकुमारी आचार्यको स्मृतिमा स्थापना गरेको पुरस्कारको नाम इन्द्रप्रसाद-यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर